काठमाडौँ, असार २६ गते । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको पहिलो क्वाटर फाइलनमा फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन रङ्गशालामा आज शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले हराउँदै जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको १/१ गोलको साझेदारी गर्दै फ्रान्सलाई विजयी गराएका हुन् । पहिलो हाफमा फ्रान्सले पाएको पेनाल्टी क्याप्टेन एम्बाप्पेले गोल गर्न चुकेपछि मध्यान्तर अघिको खेल बराबरमा टुङ्गिएको थियो । प्रतिस्पर्धात्मक खेलको मध्यान्तरपछि फ्रान्सका लागि एम्बाप्पेले विपक्षी टिमको जालि चुमाउँदै गोलको खाता खोले । एम्बाप्पेले पहिलो गोल गरेको ६ मिनेट वित्न नपाउँदै फ्रान्सका लागि उसमानले गोल गर्दै फ्रान्सको गोल दोब्बर बनाउन सफल भए ।

सन् २०२२ को कतार संस्करणमा पनि यिनै दुई टिमबीच सेमिफाइनलमा भिडन्त भएको थियो । जसमा फ्रान्सले मोरक्कोलाई हराउँदै फाइनलमा पुगेर अर्जेन्टिनासँग पराजित हुँदै कतार संस्करणमा उपविजेतामा सिमित भएको थियो ।

आजको तिजसँगै फ्रान्स २०१८, २०२२ र २०२६ को विश्वकपमा गरी लगातार तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । त्यसोत सन् २०१८ फ्रान्सले विश्वपक जितेको थियो । साविक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्ससँगको आजको हारपछि मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३४ खेलको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । आजको पराजयसँग मोरक्कोको जारी विश्वकपको यात्रा टुङ्गिएको छ ।

जारी विश्वकपमा फ्रान्सेली स्टाइकर एम्बाप्पे सर्वाधिक गोलकर्ताको प्रतिस्पधा पनि छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पनि समान ८ गोल गरिसकेका छन् ।जारी विश्वकपमा एम्बाप्पे र मेसीलाई पछ्याउँदै नर्वेका हालाण्ड र इङ्गल्याण्डका केनीले पनि ६/६ गोल गरिसकेको छन् ।