काठमाडौँ, असार २१ गते । पाराग्वेलाई हराउँदै उपाधि दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा पुगेको हो ।

फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यही गोल खेलको निर्णायक बन्यो।

खेलभर फ्रान्सले ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षी पोस्टतर्फ १५ पटक प्रहार ग¥यो। फ्रान्सले ५ सय ५२ पास पूरा गर्दा पाराग्वेले १ सय ७५ पास मात्र सफल बनाउन सक्यो। पाराग्वेले खेलभर जम्मा पाँच पटक मात्र गोलतर्फ प्रहार गर्ने अवसर सिर्जना गरेको थियो। १८ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौंपटक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अब क्वाटरफाइनलमा फ्रान्सले क्यानडा र मोरोक्कोबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।