अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

काठमाडौँ, असार २१ गते । जारी विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणअन्र्तगत नेपाली समय अनुसार रातिभएको खेलमा सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा क्यानडाले पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा क्यानडा विश्वकप प्रतिस्पर्धाबाट बाहिरिन पुग्यो । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । मोरक्कोका लागि अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोलको साझेदारी गरे । ओउनाहीले खेलको ५०औं र ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाउँदा सुफियान रहिमीले खेल सकिन लागेको अन्तिम क्षणमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा बनाए ।

सातौंपटक विश्वकप खेलेको मोरक्को आजको जितसँग दोस्रोपटक क्वार्टरफाइनलमा र एक पटक सेमीफाइनलमा पुगेको अनुभवि टिम हो । सन् २०२२ मा विश्वकपको कतार संस्करणमा मोरक्को सेमिफाइनलसम्म पुगेको थियो । मोरक्को दुईपटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकन टोली हो ।

पहिलोपटक नकआउट चरणमा पुगेको क्यानडा मोरक्कोसँगको हारसँगै विश्वकपबाट बाहिरिएको छ । क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र हो । अन्य आयोजक राष्ट्र अमेरिका र मेक्सिकोकोखेल बाँकी नै छ । यी दुवै देशले अन्तिम आठौँ स्थान (क्वार्टरफाइनल) मा पुग्ने सम्भावनालाई जिवितै राखेका छन् । अब मोरक्कोले सेमिफाइनल प्रवेशका लागि फ्रान्स र पाराग्वेबिचको विजेता टिमसँग खेल्नेछ । फ्रान्स र पाराग्वेबीचको खेल अहिले जारी छ ।