काठमाडौँ, वैशाख २७ गते । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जनवर्गीय सङ्गठनको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी टुङ्गो लगाएको छ । नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले नेकपाका ३२ वटा जनवर्गी सङ्गठनका इन्चार्ज र सह–इन्चार्ज टुङ्गो लगाएको हो ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी) –३ मा जनवर्गीय संगठनको जिम्मेवारीबारे जानकारी गराइएको छ । अपानीअनुसार, अखिल नेपाल किसान महासङ्घको इन्चार्ज बलदेव चौधरी र सह–इन्चार्ज कुमार पौडेल, अखिल नेपाल महिला सङ्गठनको इन्चार्ज जयन्ती राई, सहइन्चार्ज कमला रोका, सहिद बेपत्ता तथा घाइते योद्धा सङ्गठनको इन्चार्ज हितराज पाण्डे, सहइन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे रहनुभएको छ ।
यसैगरी नेकपाले आदिवासी जनजाति महासङ्घको इन्चार्ज सुरेश आलेमगर र सहइन्चार्ज पासाङ शेर्पालाई, इन्जिनियरर्स एसोसिएसनको इन्चार्जमा लेखनाथ न्यौपाने र सह–इन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासङ्घको इन्चार्जमा विरोध खतिवडा र सह–इन्चार्ज कृष्ण आचार्य, कानुन व्यवसायी सङ्गठनको इन्चार्ज पूर्णबहादुर घर्ती, सहइन्चार्ज रामकुमार ज्ञवाली, खेलकुद महासङ्घको इन्चार्ज केशव विष्ट, सहइन्चार्ज शिव कोइराला, जनसाँस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन, सहइन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ रहनुभएको छ ।
यस्तै, ट्रेड युनियन महासङ्घको इन्चार्जमा रामदीप आचार्य र सह–इन्चार्ज विष्णु लम्साल, दलित सङ्गठनको इन्चार्ज गणेश विक र सह–इन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको इन्चार्जमा देवेन्द्र पराजुली र सह–इन्चार्ज भवानी खड्का, पर्यटन फाँटको इन्चार्जमा पुष्पविक्रम मल्ल र सह–इन्चार्ज अन्जन थापा, पेशागत महासङ्घको इन्चार्जमा कृष्णध्वज खड्का र सह–इन्चार्ज प्रमेलकुमार खनाल रहनुभएको छ ।
यसैगरी, नेकपाले पूर्व सुरक्षाकर्मी सङ्गठनको जिम्मेवारी सन्तु दराईलाई, प्राध्यापक फाँटको इन्चार्जमा दीनानाथ शर्मा र सह–इन्चार्ज प्राडा इन्दु आचार्य, जोगकुमार बरबरिया र रामचन्द्र साह तेलीलाई मधेसी सङ्गठनको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । साथै मुस्लिम सङ्गठनको इन्चार्जमा महेश्वर गहतराज र सह–इन्चार्जमा हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँलाई तोकेको छ ।
युवा सङ्गठनकोे इन्चार्जमा लक्ष्मण केसी, सह–इन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ, वैदेशीक रोजगार व्यवसायी सङ्गठनको इन्चार्जमा नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की, विद्यार्थी सङ्गठनको इन्चार्जमा रत्न ढकाल र सह–इन्चार्ज सुदेश पराजुली तथा शिक्षक सङ्गठनको इन्चार्जमा माधव सापकोटा र सह–इन्चार्ज केदार सञ्जेल तोकिनुभएको छ ।
यसैगरी नेकपाले प्रेस सङ्गठनको इन्चार्ज प्रकाश ज्वाला, सहइन्चार्ज विष्णु सापकोटा र शम्भु श्रेष्ठ, सहकारी सङ्गठनको इन्चार्ज लिलामणि पौडेल, सहइन्जार्ज शरद रसाइली र उदया शर्मा, स्वास्थ्यकर्मी सङ्गठनको इन्चार्ज अन्जना विशंखे, सहइन्चार्ज भक्तिमान सुब्बा, सुकुमबासी महासङ्घको इन्चार्ज नहेन्द्र खड्का, सहइन्चार्ज केशव दाहाल रहनुभएको छ ।
यसैगरी, नेकपाले निर्माण व्यवसायी सङ्गठनको इन्चार्जमा कमला रोका, उपभोक्ता हित सम्बद्ध सङ्गठनको जिम्मेवारी बीपी खनाललाई र मानव अधिकार सङ्गठनको इन्चार्जमा लेखनाथ दाहाल, विपद्सम्बन्धी सङ्गठनको इन्चार्जमा डा. लक्ष्मी ओली, सहिद प्रतिष्ठानको इन्चार्जमा धर्मशीला चापागाईं र सह–इन्चार्ज रामबहादुर भण्डारी, आईटी फोरमको इन्चार्जको जिम्मेवारी केशव नेपाललाई दिएको छ ।





