काठमाडौँ, वैशाख १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आह्वान गरेकोे छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक भोलि आइतबार मध्यान्ह साढे १२ बजे बस्ने गरी बोलाइएको हो ।

बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।