काठमाडौँ, वैशाख १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गर्नुभएको हो ।
यी अध्यादेशसहित सरकारले राष्ट्र्पति समक्ष पठाएको आठ वटामध्ये अहिलेसम्म छ वटा अध्यादेश जारी गर्नुभएको छ । यस अघि जारी भएका अध्यादेशहरुमा सहकारी र सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ सम्बन्धी लगायत थिए ।






