अर्घाखाँची, फागुन २५ गते । अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ । रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो ।

दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१,  नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताउनुभयो ।  

जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपतिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो । जसमा  दुई हजार ५७८ मत बदर भएका छन् । ८६ हजार १५५ मत सदर भएका थिए । 

समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो दल बनेको छ । आज बिहान सम्पन्न मतपरिणामअनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । तनहुँमा रास्वपाले ६९ हजार १३२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार नेपाली कांग्रेसले २७ हजार ४३९, नेकपा ९एमाले० ले १५ हजार ९४०, नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२, मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेको छ । 

त्यसमध्ये तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाले ३८ हजार ८०७, नेपाली कांग्रेसले १५ हजार १७२, नेकपा ९एमाले० ले पाँच हजार ९६०, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८४८, राप्रपाले एक हजार ७७६, श्रम संस्कृति पार्टीले एक हजार ५३२, मङ्गोल नेसनल अर्गनाइजेसनले २६७ मत प्राप्त गरेको छ । 

क्षेत्र नम्बर २ तर्फ रास्वपाले ३० हजार ३२५, नेपाली कांग्रेसले १२ हजार २६७, नेकपा ९एमाले० ले नौ हजार ९८०, नेपाली कम्युनिष्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१०, मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेको छ ।