२१ बैशाख २०७९, बुधबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदै हुनुहुन्छ । चुनावी सभामा प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले स्थानीय चुनावमा उठेका विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारहरूलाई बैंकमार्फत् मात्रै खर्च गर्न निर्देशन दिएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका उम्मेदवारहरूलाई आयोगले सो निर्देशन दिएको हो । घरदैलो तथा प्रचारप्रसारमा लागिपरेका उम्मेदवारहरूले खर्च सीमा मिचेको जानकारीमा ...
२१ बैशाख २०७९, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागका केही र तराईका एक–दुई ्स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा अहिले बिहानको मौसम बदली ...
२० बैशाख २०७९, मङ्गलबार
चितवन – सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकाको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ पाँचदलीय सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाल मेयर र नेपाली काङ्ग्रेसका नेता चित्रसेन अधिकारी उप–मेयरका उम्मेदवार रहेका छन् ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्दती मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उप–मेयरकी उम्मेदवार सुनिता डङ्गोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको ...
२० बैशाख २०७९, मङ्गलबार
चितवन – भरतपुरमा सत्ता गठबन्धनले पर्सि अर्थात आगामी बिहीबार चुनावीसभा गर्ने भएका छन् । वैशाख २२ मा चुनावी सभा गर्न लागिएको मेयर उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ । यहाँ मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी ...
२० बैशाख २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनामा नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
२० बैशाख २०७९, मङ्गलबार
गोरखा – गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना ...