१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

धर्म /संस्कृति

दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर, वैशाख ४ गतेः जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन् । यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, ...

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

भक्तपुर, २ वैशाखः बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको ...

तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण सम्पन्न

पुननिर्माण पछिको खड्गकालिका मन्दिर । दमौली — तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो । यही वैशाख ३ ...

आज देशभरका इस्लाम धर्मावलम्बीद्वारा इद मनाउँदै

फाइल तस्वीरकाठमाडौँ — देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष ...

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

महोत्तरी — हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो ...

सन्दर्भ ज्योतिष दिवसः भविष्य कथन मात्र होइन, ज्योतिष शास्त्र

काठमाडौँ — सामान्य अर्थमा ज्योतिष ग्रहहरुको गणित हो । आकाशमा रहेको ग्रहहरुको गणितीय गति र अवस्थासँग जीवन र जगत्सँगको प्रभावको अध्ययन ज्योतिषीय अध्ययन हो । ग्रहले पदार्थमा पर्ने प्रभावको सम्बन्धलाई ज्योतिषीहरुले मसिनो गरी अध्ययन गर्छन् ...

शान्तिपूर्ण रूपमा बिस्काः मनाउन सद्भाव ¥याली आयोजना

भक्तपुर — तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ । भक्तपुरमा आजदेखि सुरु हुने बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी ...

आज घोडेजात्रा पर्व : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ — काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । परम्परागत रुपमा मनाइने यस पर्व हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । प्राचीन कालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा ...

चैत २७ गतेदेखि चतराधाममा एक महिने महाकुम्भ मेला

सुन्दरहरैँचा — सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ । ...

यसवर्षको बिस्केटजात्रा आगामी मङ्गलबारदेखि सुरु

भक्तपुर — प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर ...