१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

गण्डकी प्रदेश

कास्कीमा थपिए ११ हजार मतदाता

फाइल तस्वीर कास्की – आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत ...

सूचनाको हक सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

फाइल तस्वीर कास्की – गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मन्त्री ...

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक घाइते

कास्की – पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो ...

मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

म्याग्दी – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित ...

दुई जनामा देखियो डेङ्गुको सङ्क्रमण

साङ्केतिक तस्वीरकुस्मा — पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या ...

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरु

फाइल तस्वीर तनहुँ – स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुवात गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो । चार नगरपालिका र छ ...

काङ्ग्रेसद्वारा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

पोखरा – सत्तारुढ दल नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, ...

कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील छ : मुख्यमन्त्री पोखरेल

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश ...

वैदेशिक रोजगारीमा ठगिएकालाई दुई करोड चार लाख क्षतिपूर्ति

तनहुँ – सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका ...

छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट

दमौली – तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । नगरपालिकाले ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै ...