१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा आज पाँच चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड

फाइल तस्वीर सुर्खेत – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएको छ । उहाँले आज मङ्गलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको हो ...

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

सुर्खेत – कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो । ...

मतगणना नसकिएसम्म मदिरा किनबेचमा रोक

जुम्ला– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म ...

लोकप्रिय बन्दै भोसो

दैलेख– भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको ...

कर्णालीका ७ सय १५ परिवार विस्थापित

फाइल तस्वीर सुर्खेत – पाँच दिनसम्मको लगातार वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७ सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित ...

बाढीपहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

प्रतिकात्मक तस्वीर जुम्ला – एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । विपद् व्यवस्थापन समितिको ...

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

साङ्केतिक तस्वीर सिमकोट – चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट ...

पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु

प्रतिकात्मक तस्वीर हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीकाअनुसार घटनामा ५ घाइते छन् । लगातारको वर्षाले स्थानीय मानवीर विकको घर पहिरोले पुरेको ...

दसैँको मुखमा चामल बिक्री नै बन्द

साङ्केतिक तस्वीर सुर्खेत– खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो ...

मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताउनुभएको छ । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उहाँले बा–आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा ...