धनुषा, कात्तिक २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा आजै स्वीकृत गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा ९१० को खण्ड ९क० बमोजिम मुख्यमन्त्री यादवले पेस गर्नुभएको राजीनामा स्वीकृत गरिएको हो ।
त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ । प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जानकारी दिइएको हो ।




