काठमाडौँ, कात्तिक २८ गते । भारतको बेङ्गलुरुमा जारी महिला यु-१९ ‘ए’ महिला क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई २०६ रनको लक्ष्य दिएको छ । भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाउँदै नेपाललाई २०६ रनको लक्ष्य दिएको हो ।

भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५/३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक/एक विकेट लिइन् । 

भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले आगमी वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।