काठमाडौँ, कात्तिक ८ गते । नेपालीहरुको महान् पर्व वडादशैँको अन्तिम दिन आज स्थानीय बजारमा सुनको मूल्य ११ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला २ सय ३० रुपैयाँले घटेर ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, गत सोमबार चाँदी प्रतितोला ४ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।




