सुनसरी, कात्तिक १ गते । सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट प्रहरीले ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ज्ञानोदय टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी गराउनुभएको हो ।
गाँजासहित पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, ३० वर्षीय आशिष यादव, २३ वर्षीय सन्तोष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव छन् भने उनीहरुले प्रयोग गर्ने गरेको एउटा मोटरसाइकल पनि प्रहरीमा नियन्त्रणमा लिइएको छ ।




