पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट ।
काठमाडौँ, कार्तिक १ गते । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पक्राउ गरेको छ । उनलाई शनिबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।

पूर्व प्रमुख कार्यकारी अधिकृत भट्टलाई नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ । भट्ट सम्पत्ति शुद्धीकरणको कसुर र इनाम सापकोटासँग जोडिएको आरोपमा भट्टलाई पक्राउ हो ।

हिजो शनिबार राति ललितपुरबाट पक्राउ गरिएका भट्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ ।