काठमाडौँ, भदौ १४ गते । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले बाढीमा परेर ज्यान गएकामध्ये ५९ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । अस्पतालमा ल्याइएका ती शवमध्ये ३२ जनाको शवपरीक्षण भइसकेको र २७ जनाको शवपरीक्षण गर्न बाँकी रहेको प्रवक्ता डा सेढाईँले बताउनुभयो ।

अस्पतालमा ल्याएका शवमध्ये आठ जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।