काठमाडौँ, भदौ १४ गते । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८:०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ ।
विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेका बताएको छ ।
सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना घर फर्केका छन् ।
यसैबीच, बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, उक्त कार्यालयले नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका जनाएको छ ।




