काठमाडौँ, भदौ १३ गते । नेपाल सरकारले रसुवाको भोटेकोशी नदिमा आएको बाढीबाट अति प्रभावित पाँच जिल्लाका पन्ध्र स्थानीय तहलाई ’विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ’विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरी सरकारको निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो।

’विपद् सङ्कटग्रस्त क्षेत्र’ क्षेत्रमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गरी चार गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका गरी चार स्थानीथ तह रहेका छन् ।
यसैगरी धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गरी चार गाउँपालिकालाई विपद् सङ्कटग्रस्त घोषणा गरिएको छ भने तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिका गरी लाई १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय सरकारको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । सोही सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको हो ।

नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको भीषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूमा ठुलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ।

यी हुन् सङ्कटग्रस्त घोषित स्थानीय तहहरूः