काठमाडौँ, भदौ १३ गते । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले उल्लेख गरेअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले उल्लेख गरे अनुसार आज अमेरिकी डलर, युरो, कुवेती दिनारलगायत केही देशका विदेशी मुद्राको भाउ घटेको छ भने अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती दिनारसहित केही विदेशी मुद्राको विनिमयदर भने बढेको छ। जस अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ५ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा र कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।





