काठमाडौँ, साउन ६ गते । सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न अल्कालीन आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज शाहविरुद्ध जारी भएको पक्राउ पुर्जीको तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन आदेश गरेको हो ।
सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदर गर्न आदेशको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले उक्त विषयमा १५ दिनभित्र लिखित जवाफ समेत माग गरेको छ ।
सांसद शाहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको थियो ।




