चोङकिङ, साउन १ गते । दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकाको वुजियाङ नदी किनारमा शुक्रबार भारी वर्षाका कारण गएको पहिरोमा परका नौ जनालाई उद्धार गरिएको जनाइएको छ । चोङकिङको पेङ्सुइ मियाओ र तुजिया स्वायत्त काउन्टीका स्थानीय अधिकारीहरूका अनुसार उद्धार गरिएका सबै जना सुरक्षित छन् भने कसैलाई पनि जोखिम चोट–पटक लागेको छैन ।

प्रकोपले शुक्रबार १० वटा भन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त बनाउनुका साथै धेरै स्थानीय बासिन्दाहरूलाई जोखिममा पारेको बताइएको छ ।

चोङकिङस्थित व्यावसायिक आपतकालीन उद्धार टोलीका प्रमुख जियाङ वेईले पूर्ण खोज र उद्धार अभियान सुरु गरिएको बताउनुभएको छ ।

चीनको इन्जिनियरिङ उद्धार बलले चाइना अनेङ कन्स्ट्रक्सन ग्रुपले पेङ्सुईमा प्रकोप राहत कार्यलाई सहयोग गर्न इन्जिनियरिङ र भूगर्भीय विज्ञहरूसहित ११० जना व्यावसायिक उद्धारकर्ताहरूका साथै ५० सेट पत्ता लगाउने, खोजी र उद्धार उपकरणहरू पठाएको जनाइएको छ ।

उद्धारकर्ताहरूका अनुसार पहिरोले बिजुलीका खम्बाहरू ढलाएकाले प्रभावित क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । स्थानीय ऊर्जा विभागले ५३ जना मर्मतसम्भार कर्मचारी र, १२ यन्त्र तथा एउटा आपतकालीन पावर भेहिकल विपद् आपतकालीन प्रतिक्रियामा पठाएको जनाएको छ ।