काठमाडौँ, असार २८ गते । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आउनुभएका सुकुमवासी परिवारसँगको छलफलमा उहाँले सुकुमवासीरभूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताउनुभयो ।

“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भन्नुभयो, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।” सुकुमवासी र भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उहाँको भनाइ छ ।