काठमाडौँ, असार १९ गते । नेपाली काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा देउवा समूहका नेताहरुको बैठक सुरु भएको छ । आज शुक्रबार अपराह्न काठमाडौँको गल्फुटारस्थित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा इतर पक्षका नेताहरुको भेला सुरु भएको हो ।

छलफलमा पूर्वसपभाति शेरबहादुर देउवा पक्षका शीर्षनेताहरु निवर्तमान कार्यवाहक पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.शशाङ्क कोइराला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा.प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेतसहितका नेताहरू सहभागी हुनुहुन्छ ।
बैठकमा पार्टीभित्रको आन्तरिक विवाद १५औँ महाधिवेशनका विषयबारे छलफल हुने बताइएको छ । यसअघि सात प्रदेशमा आफ्नो समूहको भेला गरेको समूहका शीर्ष नेताहरूको यो बैठकबाट राष्ट्रिय भेला बोलाउने निर्णय हुनसक्ने बताइएको छ ।




