काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक अहिले दिउँसो २:४५ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो ।

सिंहदरबारमा जारी बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गर्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक प्रायः सातामा दुई दिन सोमबार र बिहीबार बस्दै आएको छ ।