चितवन, जेठ २९ गते । चितवनस्थित भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ । भरतपुरस्थित दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो ।
भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक ८५० बिरामीलाई बिहान ८:०० बजेदेखि ४:०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिनुभयो । उहाँहरुले–भारतीय सीमा क्षेत्रबाट यहाँस्थित सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिरामीको भार बढेको बताउनुभयो ।





