मस्को, जेठ ९ गते । पूर्वी युक्रेनको रूसी कब्जामा रहेको शहरको एक कलेजमा युक्रेनी हमलामा ज्यान गुमाउनेको सङ्ख्या दश जना पुगेको मस्कोका स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । आक्रमणमा ३८ जना घाइते भएको उल्लेख गर्दै ११ जना विद्यार्थीहरू बेपत्ता भएको लुगान्स्क क्षेत्रका गभर्नर लियोनिद पासेचनिकले बताउनुभएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार – शुक्रबार राति सम्म स्टारोबिल्स्कको कलेजको छात्रावासमा ड्रोन प्रहार गरी गरेको आक्रमणको निन्दा गर्दै सेनालाई जवाफी आक्रमणको तयारी गर्न आदेश दिनु भएको छ ।
उद्धारकर्ताहरूले निरन्तर उद्धार तथा भग्नावशेष सफा गर्ने काम गरी रहेको पासेनिकले टेलिग्राम मार्फत जनाउनु भएको छ ।युक्रेनले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै स्टारोबिल्स्क क्षेत्रमा तैनाथ रूसी ड्रोन युनिटमा आक्रमण गरेको बताएको छ ।
रूसको विदेश मन्त्रालयले यस घटनाको बदलामा पुक्रेनले कडा सजाय भोग्नुपर्ने बताएको छ ।
युक्रेनले देशको रूसी नियन्त्रित क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेर रूसी आक्रमणहरूको प्रतिशोध गरेको बताएको छ ।रूसी सेनाले आफ्नो पूर्ण आक्रमण सुरु गरेको केही समय पछि सन् २०२२ मा उक्त सहर कब्जा गरेको थियो ।





