काठमाडौँ, जेठ ७ गते । प्रतिनिधिसभाको तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक भोलि शुक्रबार बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११:०० बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताउनुभएको हो ।

भोलिको बैठकमा पार्टीका शीर्ष नेताहरुको कार्यविभाजन हुने सचिव अधिकारीले बताउनुभयो । गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन ।