काठमाडौँ, वैशाख १४ गते । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहनुभएका पौडेलले वैशाख १८ गतेपछि आईजीपीको कमाण्ड सम्हाल्न हुनेछ । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गतेबाट अवकाशमा जाँदै हुनुहुन्छ । उहाँ अवकाशमा जाने भएपछि वरीयतामा पहिलो नम्बरमा रहनुभएका पौडेललाई सरकारले महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
आईजीको प्रतिस्पर्धामा एआईजीहरु नारायणदत्त पौडेलसँगै वंशीराज दाहाल पनि हुनुहुन्थ्यो ।







