काठमाडौँ, वैशाख १४ गते । नेपाली काङ्ग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाम प्रस्तावित भएको छ । आज सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएको हो ।

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले दलको नेताको दाबी छाड्नुभएपछि आङ्देम्बेको नाममा सर्वसम्मत भएको हो । दलको नेतामा पूर्वसहमहामन्त्री केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले समेत दाबी गर्नुभएको थियो ।