काठमाडौँ, वैशाख १४ गते । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आज सोमबार बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला गरी भर्खर १ बजेबाट सुरु भएको हो ।

बैठकमा सभापति गगनकुमार थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको छ । कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।