काठमाडौँ, वैशाख ११ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । बैठक पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको हो ।

सानेपास्थित काङ्ग्रेस केन्द्रीय कार्यालयमा जारी रहेको कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल भइरहेको बताइएको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीतिलगायतका विषयमा पनि छलफल भइरहेको जनाएको छ ।

आज काङ्ग्रेस संसदीय दलको नेताका लागि आज शुक्रबार अपराह्न ३ बजेबाट उम्मेदवारी दर्ता सुरु हुने कार्यत्रक्रम रहेको छ । सो सम्बन्धमा पनि बैठकमा छलफल भइरहेको जनाएको छ।