दाङ, फागुन १६ गते । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ । विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी गराउनुभएको हो ।

सूचना अधिकारी कुँवरले डिस्प्ले बोर्ड र वेभसाईड मार्फत सार्वजनिक गर्ने तयारी रहेको उल्लेख गर्दै एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनिय हुने बताउनुभयो ।

कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ । सूचना अधिकारी कुँवर अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेकोछ । त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास गर्ने उहाँले बताउनुभयो ।