बुटवल, माघ १४ गते । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठक आज बुधबार दिउँसो १ बजे बस्ने तय भएको हो ।

आज बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, आजको बैठकमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नुहुने छ भने सोही बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नुहुुने कार्यसूची रहेको छ । आजको बैठकमा सांसदहरुले सैद्धान्तिक छलफलमा उठाएका प्रश्नहरूको जवाफ दुवै मन्त्रीहरुले दिनुहुने कार्यसूची रहेको छ ।

देश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभए अनुसार आजको बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका प्रतिवेदनहरू सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
आजको बैठकमा प्रदेश सभाका सांसदहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची रहेको छ ।