काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री शाहले आज मङ्गलबार सुधन गुरुङ र महावीर पुन दुईजना मन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको हो । नवनियुक्त दुवै मन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको छ ।गृहमन्त्री गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ भने नवपवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।