काठमाडौँ, माघ ८ गते। सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बाँस्तोला नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक पदमा नियुक्ति गर्नुभएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले जानकारी दिनुभयो । यसअघि अस्पतालका निर्देशक डा युवानिधि बसौला गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा हुनुभएको थियो ।

यसअघि पनि बाँस्तोलाले सोही अस्पतालमा निर्देशकको रुपमा काम गरिसक्नुभएको छ ।