फाइल तस्वीर
काठमाडौँ, असोज १ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययन अनुमतिपत्र (एनओसी) जारी राखेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको अनुरोधमा आज शिक्षा मन्त्रालयको एनओसी शाखाले एनओसी जारी राखेको हो ।

उक्त शाखाले आज बुधबार सरकारकी बिदाको दिन पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको सहजताका लागि बिहानदेखि एनओसी पत्र दिने काम गरेको छ ।

जेनजी आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।