१० असोज २०८०, बुधबार
हाङझाउ — १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको ...
०९ असोज २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमडौं — आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अन्तर्गत नेपाल समूह ‘डी’ मा परेको छ । श्रीलङ्कामा हुन लागेको यू—१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो समूहमा रहेका न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ...
०९ असोज २०८०, मङ्गलबार
हाङझाउ — १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा ...
०८ असोज २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ । आज सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको हो । पहिलो खेलमा पाकिस्तानसँग १—० गोलले पराजित ...
०८ असोज २०८०, सोमबार
न्यूयोर्क — न्यूयोर्कको रचेस्टरमा आज सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन् । महिला भलिबलतर्फ पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ्ग नेतृत्वको बेलमन्ट क्लब तथा महिला फुटबलमा नर्थ डकोटा ...
०८ असोज २०८०, सोमबार
हाङ्जाउ — १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ :१५ बजे हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको ...
०८ असोज २०८०, सोमबार
हाङ्जाउ — १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा ...
०७ असोज २०८०, आइतबार
हाङ्झाउ — आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ ...
०७ असोज २०८०, आइतबार
काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेको छ । क्यानद्वारा आज आयोजित बिदाई कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर ...
०७ असोज २०८०, आइतबार
हाङ्जाउ — १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा ...