३१ चैत २०७७, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी गर्नुभएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं — सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं — आज २०७७ सालको अन्तिम दिन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ । महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं —कोभिड–१९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटले नीतिगत सुधारका साथै आवश्यक बजेटको व्यवस्था गरिने संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले बताउनु भएको छ । सोमबार पर्यटन बोर्डमा आयोजित ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं — वि.सं.२०७७ सालमा नेपालको संघीय संसद्मा विभिन्न उतार–चढावहरु देखिए । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरुले जनताका कुरा उठाउने र कानुन निर्माण गर्ने थलोका रुपमा रहेको संसद्मा जनताका मुद्दाहरु उठ्न पाएनन् । पुषदेखि फागुनसम्म संसद् ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको ...
३१ चैत २०७७, मङ्गलबार
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने ...
३० चैत २०७७, सोमबार
काठमाडौं — कोरोनाभाइरसको सङ्क्रमणको जोखिमबाट बच्नको लागि भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय ...
३० चैत २०७७, सोमबार
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गर्नुभएको हो । ...
३० चैत २०७७, सोमबार
काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ...