१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आज विश्व ‘अटिजम’ जागरुकता दिवस ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी ★   भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर ★   चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै ★   हिउँदे अविधेशनबाट पाँच विधेयक पारित ★   जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका ★   ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’: अर्थमन्त्री पौडेल ★   एमाले कार्यवाहक अध्यक्षमा पोखरेल ★   राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम पाँच अर्ब ७९ करोड ★   नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने ★   प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण ★   प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणः द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास ★   तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ ★   लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुने ★   कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल ★   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक आजदेखि १८ घण्टा सञ्चालन हुने ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई

कृषि/व्यवसाय

बजारीकरणको मुख्य समस्याले गर्दा मह आयात रोक्न माग

दाङ, फागुन ६ गते । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै ...

नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर, फागुन ५ गते । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही ...

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

बागलुङ, फागुन ४ गते । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ ...

सामूहिक रूपमा गहुँखेती

तनहुँ, फागुन २ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले ...

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

सर्लाही, माघ २९ गते । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले दुनाटपरी बनाउने उपकरण ...

पाँच हजार कुखुरापालनबाट सुवेदीको मासिक पाँच लाख बचत

बागलुङ, माघ २९ गते । बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आउनुभएको छ । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन ...

किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र

भोजपुर, माघ २७ गते । यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले ...

कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

दाङ, माघ २५ गते । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै सिँचाइ सुविधाका लागि कृत्रिम जलाशय निर्माण गरेपछि खेतबारी हरियाली हुन थालेको ...

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती

बागलुङ, माघ २५ गते । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती ...

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

म्याग्दी, माघ २५ गते । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । “सुन्तला ...