१८ असोज २०७८, सोमबार
जापान – जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएक छ । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भर्खरै चुनिनुभएको हो । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी ...
१८ असोज २०७८, सोमबार
इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किएर भएको दुर्घटनामा ८ जनाको ज्यान गएको छ । इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो । दुर्घटनामा विमानमा रहेका ८ जनाकै ज्यान गएको इटालीका ...
१७ असोज २०७८, आइतबार
अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिवान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् ।तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको ...
१७ असोज २०७८, आइतबार
विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा ...
१७ असोज २०७८, आइतबार
बीबीसी – ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा हजारौँले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । विपक्षी दल तथा ट्रेड युनियनहरूले उक्त प्रदर्शनको आयोजना गरेका हुन् । पछिल्लो समय बोल्सोनारो कोभिड–१९ महामारीको व्यवस्थापनलाई लिएर आलोचित छन् । ...
१७ असोज २०७८, आइतबार
लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको जमर्नीमा निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा उपचारका क्रममा जर्मनीमा निधन भएको हो । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका ...
१६ असोज २०७८, शनिबार
ताइवानले आफ्नो हवाई क्षेत्रमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण गरेको आरोप लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार ३८ वटा लडाकु विमानले आफ्नो हवाई क्षेत्रमा दुई पटक गस्ती गरेको ...
१५ असोज २०७८, शुक्रबार
अमेरिकी विदेश विभागले अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र ...
१५ असोज २०७८, शुक्रबार
उत्तर कोरियाले आज बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – इथियोपियाले संयुक्त राष्ट्र सङ्घका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र सङ्घका कर्मचारीहरुलाई देश निकाला गरेको हो । द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन ...