१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

बागमती प्रदेश

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा

हेटौंडा – कोरोना महामारीका कारण विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ...

प्रचण्डसहित चार सङ्घीय सांसदलाई एमसीसीबारे धारणा सार्वजनिक गर्न तीन दिने अल्टिमेटम

फाइल तस्वीर चितवन – एमसीसी खारेज अभियान संयुक्त सङ्घर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र ...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन ...

बागमती प्रदेशमा नेकपा (एस) को पक्षमा १३ जना प्रदेशसभा सदस्यसहित ३ सय २८ जना जनप्रतिनिधिहरु

काठमाडौं– बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जनासदस्यहरु नेकपा (समाजवादी) मा बस्ने निर्णय गरेका छन् । उक्त प्रदेशमा एमालेका ५६ जना सांसद रहेकोमा अब एमालेसँग ४३ जना सांसद रहेका छन् । एमाले परित्याग ...

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हटाएर उहाँको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । पराजुली पूर्व प्रधानमन्त्री ...

मोबाइल र ल्यापटप चोरेको आरोपमा ४ जना पक्राउ

ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ । ...

अविरल वर्षाका कारण हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ...

काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा, एक सय ३८ जनाको उद्धार

काठमाडौं – गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका ...

नख्खु कारागारभित्र कैदी र नाइकेबीच झडप

ललितपुर – ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दी र नाइकेबीच झडप भएको छ । कारागारभित्रको ‘सि ब्लक’ मा रहेका कैदी र नाइेकेबीच झडप भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार ११÷१२ बजेतिर कारागार ...

यातायात व्यवस्था विभागद्वारा परीक्षणकालीन लाइसेन्स दिन सुरु

काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ...