०९ बैशाख २०८१, आइतबार
गोरखा, वैशाख ९ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभयो । ...
०९ बैशाख २०८१, आइतबार
दमौली, वैशाख ८ गते । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो । पीडितको ...
०९ बैशाख २०८१, आइतबार
म्याग्दी, वैशाख ९ गते । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन ...
०८ बैशाख २०८१, शनिबार
तस्वीरमा घोडेपानीमा आन्तरिक पर्यटक ।म्याग्दी, वैशाख ८ गते : विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार ...
०७ बैशाख २०८१, शुक्रबार
फाइल तस्वीरकास्की, वैशाख ७ गते: नेपाली काङ्ग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । काङ्ग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि काङ्ग्रेस ...
०७ बैशाख २०८१, शुक्रबार
बागलुङ, वैशाख ७ गतेः बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई ...
०७ बैशाख २०८१, शुक्रबार
म्याग्दी, वैशाख ७ गते : अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ ...
०७ बैशाख २०८१, शुक्रबार
गण्डकी, वैशाख ७ गतेः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ । ...
०७ बैशाख २०८१, शुक्रबार
तनहुँ, वैशाख ७ गतेः गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ । जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको नौ महिनाको अवधिमा उक्त सडक कालोपत्र ...
०६ बैशाख २०८१, बिहिबार
गोरखा, वैशाख ६ गते : गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काका अनुसार नगर ...