०८ असोज २०८०, सोमबार
विराटनगर — कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री कार्कीले आज आज गर्नुभएको मन्त्रिपरिषद्को विस्तारमा दुई जना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले बुद्धिकुमार राजभण्डारी र लिलाबल्लभ अधिकारीलाई मन्त्रीमा ...
०८ असोज २०८०, सोमबार
तस्वीर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।मुगु — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराउनुभएको छ । मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको ...
०८ असोज २०८०, सोमबार
दोधारा चाँदनी — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन । दुई महिनादेखिको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम ...
०८ असोज २०८०, सोमबार
चितवन — जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले ५० हजार बराबरको खर्च व्यहोर्ने भएको छ । यससम्बन्धी सम्झौतासमेत गरिएको हो । ...
०८ असोज २०८०, सोमबार
जनकपुरधाम — राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण ...
०८ असोज २०८०, सोमबार
फाइल तस्वीरकास्की — पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा ...
०८ असोज २०८०, सोमबार
फाइल तस्वीर गण्डकी — नेपाल कम्युनिस्ट पार्टी एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । उहाँले ...
०७ असोज २०८०, आइतबार
फाइल तस्वीरगण्डकी — पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो ...
०७ असोज २०८०, आइतबार
फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न ठाउँमा पर्यटकीय केन्द्रमा नमुना बस्ती निर्माण गर्ने भएको छ । आफ्नो बजेट कार्यक्रममा नै कर्णालीका विभिन्न पर्यटकीय ठाउँमा नमुना बस्ती निर्माण गर्ने योजना अगाडि सारिएको हो । ...
०७ असोज २०८०, आइतबार
कास्की — पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो ।प्राविधिक समितिका संयोजक ...