प्रतिकात्मक तस्वीर
बाँके, कात्तिक ५ गते । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ । आज बिहीबार बिहान करिब १ः३० बजे फलाम इन्जिनमा प्रयोग हुने तेल फर्नेस आयलको ट्याङ्कीमा विद्युत् लाइन सर्किट चुहावटसर्ट हुँदा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार आगलागीबाट रु एक करोड ५६ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली खटिएको थियो ।
नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा एक घण्टाभित्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।




