सिन्धुली, कात्तिक १ गते । काठमाडौँबाट खोटाङ जाँदै गरेको टाटासुमो सुनकोसी नदीमा खसेर तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब २:३० बजे काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको टाटासुमो स्थित सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो ।
सिन्धुलीको रत्नावतीस्थित प्रहरी चौकीका अनुसार को १ ज २९७६ नम्बरको टाटा सुमो सिन्धुली फिक्कल गाउँपालिकाको वडा नं ६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिव दुई सय मिटर तल सुनकोसी नदीमा खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा परेका चालकसहित २ पुरुष, १ महिला र एक बालिकालाई उद्धार गरी उपचारका लागि उदयपुरस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएको भने चालकका अनुसार अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बाँकी विवरण आउन बाँकी छ ।




