काठमाडौँ, असोज २७ गते । साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला चार हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला रु चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




