काठमाडौँ, असोज २३ गते । साताको छैटौँ दिन आज शुक्रबार स्थानीय बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला रु दुई हजार नौ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो काोबार दिन हिजो बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी प्रतितोला ४ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो काोबार दिन असली चाँदी प्रतितोला चार हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।




