गण्डकी, असोज २३ गते । पोखरा आज बिहान स्कुल बस दुर्घटना भएको छ । कास्कीको पोखरा महानगरपालिका २८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको एक स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् ।

विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिका स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।

कालिका इङलिस स्कुलको बस दुर्घटनामा घाइते भएका उनीहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

बसमा २० जना भन्दा बढी विद्यार्थी रहेको र दुर्घटनाको थप विवरण आउन बाकीँ रहेको बताइएको छ।