काठमाडौँ, असोज २२ गते । साताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार स्थानीय बजारमा आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला चार हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।




